काठमाडौं । अवकाश अवधि १ बर्ष पनि बाँकी नभएका प्रहरी अधिकृतलाई इन्चार्ज नदिने परम्परा विगतमा नेपाल प्रहरीमा थियो । तर पछिल्ला दिनमा १० दिनमा अवकाश हुन लागेका अधिकृतलाई डीआईजी–एआईजी बढुवा गर्ने र ६ महिना पनि जागिर अवधि नभएका डीआईजीलाई प्रदेशको कमाण्ड गर्न पठाउने क्रम बढेको छ । जसले गर्दा उनीहरुको ध्यान आर्थिक स्रोत जुटाउनेतिर बढी केन्द्रित हुने गरेको छ । जसका कारण भन्सारछली तस्करी रोक्नेतिर भन्दा इन्चार्ज कमाउधन्दामा लिप्त हुँदा राजस्व असुलीमै असर परिरहेको छ ।
एक बर्ष पनि जागिर अवधि नभएकाा डीआईजीलाई नेपाल प्रहरीले प्रदेशको कमाण्ड दिंदा बागमती प्रदेशका कृष्णहरि शर्माले असुली अभियान नै चलाएर प्रहरीको छवि धुमिल पार्ने काम गरिरहेका समाचार एकपछि अर्को आइरहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी शर्मा आगामी २०८२ भदौमा अवकाश हुने भएकाले यो बीचमा सक्दो कमाउधन्दामा लिप्त भएका छन् । उनको विगतको छवि राम्रो नभएकाले आईजीपी अर्याल उनलाई पठाउने पक्षमा थिएनन् । तर यसअघिका डीआईजी बिष्णकुमार केसीको अवकाशको समयमा अर्को पात्र नभएकाले आईजीपी बसन्तबहादुर कुँवर उनको सरुवा गर्न बाध्य भएका थिए । डीआइजी शर्माले मकवानपुरको रातमाटे चेकपोष्ट र चितवनको लोथरबाट खुलेआम गाँजा तस्करीको लाइन चलाएर मासिक दररेट असुली गर्न विवादित प्रहरीलाई काजमा ल्याएर ती चेकपोष्टको इन्चार्जमा बनाएको आरोप छ ।
विगतमा मधेश प्रदेशका तत्कालीन डीआईजी यज्ञविनोद पोखरेलले ८ वटै जिल्लामा सादा पोशाकमा घुमुवा राखी तस्करीको लाइन दिएर असुली अभियान नै चलाएर प्रहरीको छवि धुमिल पार्ने काम गरेका थिए । एक बर्ष पनि जागिर अवधि नभएका पोखरेललाई तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ गुटकी हर्ताकर्ता सुशन कर्माचार्यले मधेश प्रदेशमा सरुवा गरेकी थिइन् । उनको अवकाशपछि पनि एक बर्ष पनि जागिर नभएका अर्का डीआईजी लालमणि आचार्यलाई मधेश प्रदेशमा पठाइएको छ । आचार्यको जागिर अवधि पनि ३ महिनामात्र बाँकी छ । २०८१ भदौमा मधेश प्रदेशमा सरुवा भएका आचार्य ३० बर्षे सेवावधि कायमै रहेमा आगामी २०८२ जेठमा अवकाश हुँदैछन् ।
यज्ञविनोदले त मधेश प्रदेशमा जितेन्द्र कर्णलाई बिचौलिया राखी तस्करहरुबाट मासिक रुपमा करोडौं असुली गरेको बिषयमा आईजीपी कुँवरले रुपन्देही प्रहरीको भवन उदघाटनमा सार्वजनिक रुपमै छानबिन हुने अभिब्यक्ति दिएका थिए ।
मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी आचार्यले पनि अवकाशको दिन नजिकिंदै जाँदा बदनाम प्रहरीलाई सादा पोशाकमा खटाएको आरोप छ । जिल्ला प्रहरी कार्यालय धनुषा डीएसपी बरुण सिंहको सिफारिसमा डीआईजी आचार्यले हवल्दार सुरेन्द्र ठाकुरलाई धनुषामा काज सरुवा गरी सादा पोशाकमा खटाएका छन् ।
यज्ञविनोद पोखरेल मधेश प्रदेशमा सरुवा भएपछि घुमुवाका रुपमा परिचालन गर्न सिन्धुलीबाट काजमा लगेका हवल्दार सुरेन्द्र ठाकुरको दरबन्दी पर्सा बिपत ब्यवस्थापन कार्यालयमा छ । उनलाई घुमुवाका रुपमा अतिरिक्त आम्दानीका लागि परिचालन गर्न प्रदेशमा काजसरुवा गरिएको थियो । समाचार आएपछि दरबन्दीमा रमाना त नगरी महोत्तरी खटाइएका थिए ।
महोत्तरीमा अस्पतालमा खटाएको देखाएर घुमुवाको काममा लगाएका थिए । यज्ञविनोदले अस्पतालमा खटाएको देखाएर घुमुवाका रुपमा खटाएका ठाकुरलाई हालका डीआईजी आचार्यले धनुषामा काजसरुवा गरेका छन् । विगतमा डीएसपी बरुण सिंह मधेश प्रदेशमा २ वटा डीआईजीको कार्यकालमा घुमुवा कमाण्डर थिए ।
ठाकुर विवादित प्रहरी हुन् । उनको कनेक्सन गाँजा कारोबारीसँग रहेको स्रोत बताउँछ । उनले जागिर खाएदेखि डीआईजीदेखि एसपीको घुमुवा भएर अकूत सम्पत्ति कमाएको आरोप छ । मिसनमा नगएका उनले ३ वटा मिसन गएका प्रहरीले भन्दा बढी सम्पत्ति आर्जन गरेको स्रोत बताउँछ । डीआईजी आचार्य र धनुषाका एसपी भुवनेश्वर तिवारी दुबैलाई मिलाउन सक्ने क्षमता भएकाले उनलाई धनुषामा काजमा लगिएको स्रोत बताउँछ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend