Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गाली-गलौजमा नउत्रन र सभ्य हुन नेता कार्यकर्तालाई नारायणकाजीकाे आग्रह


    बिहिबार, पुष १६ २०७७
    3.6K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्ना समूहका नेतालाई सभ्य हुन आग्रह गरेका छन्।

    उनले प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेताहरुको जस्तो अनर्गल प्रचारको पछि नलाग्न र आफूहरुको लागि सत्य उद्घाटन नै पर्याप्त भएको श्रेष्ठले बताएका छन्। उनले फेसबुक स्ट्याटस लेख्दै राजनीतिक मूल्य र सत्यमा आधारित छलफल गर्न अनुरोध गरेका हुन्।

    उनले भनेका छन् ‘हामी बिसर्जनवादी प्रवृत्तिका बिरुद्ध पार्टी तथा नेपाली कम्युनिस्ट आन्दोलनको पक्षमा संघर्ष गरिरहेका छौं। यतिबेला हामी मुख्यत: प्रतिगमन बिरुद्ध संविधान र लोकतन्त्रको रक्षामा नै जोड दिरहेका छौं। त्यसैले पार्टीका सम्पूर्ण कमरेडहरुलाई उक्त महान् उद्देश्यलाई केन्द्रमा राखी बिचार, सिद्धान्त, राजनीति, मूल्य र तथ्यमा आधारित भएर छलफल-बहस गर्न र तात्कालिक क्षणिक स्वार्थका लागि अनर्गल गाली गलौज एवं झुठा प्रचारमा लाग्नेहरु झैं प्रस्तुत नहुन अनुरोध गर्दछु ।’

    नारायणकाजीकाे फेसबुक स्टाटस यस्ताे छ ।

    संविधानको ठाडो उलंघन गरी प्रतिनिधिसभा बिघटन गर्ने प्रतिगामी कदमको बिरुध्द हामी संविधान ,संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रको पक्षमा संघर्ष गरिरहेका छौं । त्यस प्रकारको असंवैधानिक कदम चालिएको पौष ५ गतेको कालो दिन पछि पौष ७ गते हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) लाई कमजोर पार्ने तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने उदेश्यका साथ गुटगत कदमलाई उत्कर्षमा पुर्याईयो ।

    हामी त्यसप्रकारको बिसर्जनवादी प्रवृत्ति का बिरुध्द पार्टी तथा नेपाली कम्युनिष्ट आन्दोलनको पक्षमा संघर्ष गरिरहेका छौं । यतिबेला हामी मुख्यत: प्रतिगमन बिरुध्द संविधान र लोकतन्त्रको रक्षामा नै जोड दिरहेकाछौं । त्यसैले पार्टीका सम्पूर्ण कमरेडहरुलाई उक्त महान् उदेश्यलाई केन्द्रमा राखी बिचार,सिध्दान्त ,राजनीति ,मूल्य र तथ्यमा आधारित भएर छलफल -बहस गर्न र तात्कालिक क्षणिक स्वार्थका लागि अनर्गल गालि गलौज एवं झुठा प्रचारमा लाग्नेहरु झैं प्रस्तुत नहुन अनुरोध गर्दछु । हाम्रा लागि देश ,जनता ,पार्टी र क्रान्तिको पक्षमा तथ्य र सत्यको उद्घाटन नै पर्याप्त हुनेछ । नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिलाई बिकृतीकरण तथा भ्रष्टीकरण बाट बचाउनु पर्दछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार