Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकैदिन १४ जनालाई कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या ३० पुग्यो


    शुक्रबार, बैशाख ५ २०७७
    715
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ५ बैशाख। नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । उदयपुरका १२ संक्रमित सबै पुरूष हुन् । उनीहरू ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका छन् ।

    यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् ।

    यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार