कला घले
काठमाडौ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि त्यसको असर प्रदेश सरकारहरुमा पनि परेको छ । प्रदेश १ र बागमती सरकारका बिरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । प्रदेश १ र बागमती प्रदेशमा नेकपाको ओली समूहभन्दा प्रचण्ड–माधव नेपाल समूह बलियो भएकाले अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । प्रदेश १ मा भीमप्रसाद आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । प्रचण्ड–माधव समूहले अविश्वास प्रस्ताव दर्ता गरिसकेपछि केपी ओली समूह सांसद किनबेचमा लागेको छ । सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन ओली पक्षका नेताहरु घरघरै पुगेका छन् । मन्त्रीको प्रस्तावदेखि विभिन्न प्रलोभन पनि दिएका छन् ।
प्रचण्ड–माधव समूहले दर्ता गरेको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने उदयपुरकी प्रदेशसभा सासद कला घलेले बुधबार हस्ताक्षर फिर्ता लिएकी छन् । चितवन क्षेत्र नम्बर ४ को प्रदेश क बाट बिजयी सांसद कृष्ण भूर्तेलले मंगलबार बेलुका प्रधानमन्त्री ओलीलाई भेटेपछि उनले मुख्यमन्त्री डोरमणि पौडेलका बिरुद्ध गरेको हस्ताक्षर फिर्ता लिएका छन् । बागमतीका भूर्तेल मंगलबार दिनभर चितवनमा प्रचण्ड–माधव पक्षको प्रतिनिधिसभा बिघटनको बिरोधमा आयोजित कार्यक्रममा सक्रियतापूर्वक भाग लिएका थिए । तर बेलुका ओलीसँग भेट गरेपछि उनी हस्ताक्षर फिर्ता लिएका छन् । उनलाई मन्त्रीको आश्वासन दिइएपछि उनी पल्टिएका छन् ।
त्यस्तै १ नम्बर प्रदेशसभामा उदयपुरबाट प्रतिनिधित्व गर्ने सांसद कला घलेले पनि मुख्यमन्त्री शेरधन राईका बिरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबाट आफ्नो हस्ताक्षर फिर्ता लिएकी छन् । उनलाई पनि मन्त्रीकै आश्वासन दिइएको छ । एक नम्बर र बागमती प्रदेशका सांसदहरुको घर घरमा गएर मन्त्रीदेखि नगद जे जे हुन्छ, प्रलोभन दिंदै हस्ताक्षर फिर्ता गराउने होड चलेको छ ।
एक नम्बरमा प्रचण्ड–माधवको ४० सांसदको संख्या छ । कांग्रेससँग वार्ता गरिरहेको छ । तर यता सांसदहरुलाई मुख्यमन्त्री शेरधन राईका निकट भौतिक राज्यमन्त्री अम्बिर गुरुङ सांसदलाई प्रलोभन दिने र आवश्यक परे प्रधानमन्त्री ओलीलाई नै भेटाउन सक्रिय रुपमा लागेका छन् । तस्करीबाट आर्जित धन उनले शेरधन राईको सत्ता बचाउन लगाउन थालेका छन् । सांसद गुरुङमाथि पीसी गरी यूरोप, अमेरिकामा मानवतस्करी गर्नेदेखि धेरैको घरजग्गा र रकम लिएर नतिरेको आरोप छ । उनले पुराना कम्युनिष्ट नेता कृष्णराज बर्माको २ करोड रुपैयाँ सापटी लिएको ५ बर्ष भइसक्दा पनि नतिरी उल्टै सत्ताको आडमा धम्की दिंदैआएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend