Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली संकटकाल लगाएर सत्ता लम्ब्याउने दाउमा छन्ः बर्षमान पुन


    बुधबार, पुष १५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रोल्पा  । दुईतिहाई बहुमत भएको प्रतिनिधिसभा ३ बर्षमै भंग गरेपछि प्रधानमन्त्री ओलीमाथि संविधानको बलात्कार नै गरेको आरोप लागेको छ । मंगलबार आयोजित बिरोधसभामा नेकपा प्रचण्ड–माधव नेपाल पक्षका बरिष्ठ नेता झलनाथ खनालले ओलीले संविधानको बलात्कार गर्ने काम गरेको बताए । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले मंगलबार देशभर प्रतिनिधिसभा बिघटनको बिरोधमा गरेको बिरोध प्रदर्शन गरेको थियो । सोही बिरोध प्रदर्शनका क्रममा रोल्पा पुगेका उक्त पार्टीका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ ले बैशाखमा निर्वाचन हुनै नसक्ने बताएका छन् ।

    रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा पुनले प्रधानमन्त्री ओलीको चुनाव गर्ने नियत नै नभएको बताए । उनले भने, ओलीको नियत चुनाव गर्ने नै छैन, कसरी चुनाव हुन्छ ?’

    उनले बैशाखमा चुनाव नहुने र ओली सत्तामा नरहने पनि दावी गरे । ‘आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिकरुपमा संसद विघटन गरेर मुलुकको संविधान र आफ्नै राजनीतिक जीवनसमेत धरापमा पारेको पुनले बताए, ‘इतिहासको दिशालाई उल्ट्याउन खोज्दा उहाँको राजनीतिक जीवन नै धरापमा परेको छ ।’ प्रधानमन्त्री ओलीले सैनिक सत्ता वा संकटकाल लगाएर भए पनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार