Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपाको विवाद मिलाउन आएको चिनियाँ टोली फर्कियो


    बुधबार, पुष १५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विवाद मिलाउन आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोली स्वदेश फर्किएको छ । चिनियाँ टोली बुधबार बिहान पौन ९ बजे हिमालय एयरलाइन्सको नियमित उडानबाट फर्किएको छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो काठमाडौं आएको थियो ।  यचौको टोलीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी ओली, सभामुख अग्निप्रसाद सापकोटा, नेकपाको एउटा धारका नेता पुष्पकमल दाहाल, माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका नेता डा( बाबुराम भट्टराईसँग भेटवार्ता गरेको थियो ।

    उच्चस्तरीय चिनियाँ टोलीको नेकपा विवाद मिलाउने प्रयास भने प्रधानमन्त्री केपी ओलीकै कारण असफल भएको स्रोतहरु बताउँछन् । यसअघि चिनियाँ राजदूत होउ यान्छीले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन सुझाव दिएपछि उनी चीनसँग रुष्ट भई भारततर्फ ढल्किएको चर्चा राजनीतक क्षेत्रमा हुने गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार