Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा प्रचन्ड – माधब नेपालको स्थायी कमिटी बैठक बस्दै, सरकारविरुद्ध थप आन्दोलन तय गर्ने


    बुधबार, पुष १५ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचन्ड र माधव नेपाल पक्षको आज  स्थायी कमिटी बैठक आज बस्दैछ ।

    पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज दिउँसो १२ बजे बस्ने वैठकले सरकारविरुद्ध थप कडा आन्दोलनका कार्यक्रम तय गर्ने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा प्रचण्ड–माधव समूहले हिजो  देशभर विरोध प्रदर्शन गरेको थियो ।
    हिजो काठमाडौंमा भएको प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अझै कडा खालको आन्दोलन गर्ने उदघोष गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदमका कारण संविधान र लोकतन्त्रमाथि प्रहार भएको भन्दै नेताहरुले असंवैधानिक कदम नसच्चिएसम्म सडक आन्दोलन नरोकिने बताएका छन् ।

    अहिलेको आन्दोलन ‘ट्रेलर’ मात्र भएको बताउँदै प्रतिगमन नसचिए भोलि आन्दोलनको आँधीवेहरी आउने नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चेतावनी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार