काठमाडाैँ । प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाका नेत्री रामकुमारी झाँक्रीले विधिको शासन स्थापना गर्न आन्दोलनमा गएको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित विरोधसभामा नेत्री झाँक्रीले न्यायपालिकालाई जनताको आवाज सुनाउन देशभर विरोध प्रदर्शन गरिएको बताउनुभयो ।
संविधानको अन्तिम व्याख्याता सर्वोच्चले लोकतन्त्रको पक्षमा फैसला गर्ने भन्दै उहाँले न्यायालयले जनता र लोकतन्त्रलाई केन्द्रमा राखेर फैसला गर्ने कुराप्रति आफूहरु पूर्ण विश्वस्त रहेको बताउनुभयो ।
न्यायलय कोही कसैबाट प्रभावित हुन नहुने विचार व्यक्त गर्दै नेत्री झाँक्रीले भन्नुभयो, “विधिको शासन कायम गर्ने अन्तिम जिम्मेवारी अब न्यायालयको काँधमा आइपुगेको छ । सङ्घीयतालाई बलियो बनाउन संसद् पुनःस्थापना हुनै पर्छ ।” जनताले समृद्धिको आशसहित नेकपालाई दिएको बहुमतलाई वर्तमान सरकारले दुरुपयोग गरेको उहाँको आरोप थियो ।
विरोधसभामा नेकपाका केन्द्रीय सदस्यत्रय नरबहादुर विष्ट, विन्दमान विष्ट र झकबहादुर मल्लले सङ्घीयता खतरामा परेको र त्यसको रक्षाका निम्ति संसद् पुनःस्थापना अपरिहार्य रहेको दावी गर्नुभयो । आज प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाले कर्णालीका १० वटै जिल्लामा विरोध प्रदर्शनका साथै सभा कार्यक्रम सम्पन्न गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend