काठमाडौं । गैरकानुनी अनलाइन जुवा खेलाएर दुई करोड बढी रकम कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौं बाफल बस्ने ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेल रहेका छन् ।
उनीहरूलाई आफ्नै कोठामा अनलाइन जुवा खेलाएको अवस्थामा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार बेटिङ एप्लिकेशनमार्फत् विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमहरूमा उनीहरू संलग्न हुने गरेको पाइएको छ। उनीहरूले ‘मन्त्र १०८’ नामक वेबसाइटबाट जुवा खेलाउने, रकम संकलन गर्ने र क्रिप्टो करेन्सीबाट ट्रेड गर्ने गरेको आचार्यले बताए ।
उनीहरूले हालसम्म बैंक खाता तथा बाइनान्स आइडी प्रयोग गरी हालसम्म २ करोड ४१ हजार ६३६ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ ।
पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-५ को दफा १२५ अन्तर्गत नुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अन्तर्गत अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसुरमा थप अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
पक्राउ परेका व्यक्तिको कोठा खानतलासी गर्दा चार थान मोबाइल सेट, कम्प्युटर १ थान, एनसेल ५० थान सिम, एनटिसी सिम ९ थान, विभिन्न व्यक्तिको नाममा रहेका २७ थान एटिएम कार्ड, डायरी ५ थान, चेकबुक ७ थान र नगद ९० हजार बरामद भएको आचार्यले बताए ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend