Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवालाई भेट्न चिनियाँ टोली बुढानीलकन्ठ जाँदै


    मंगलबार, पुष १४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछ । बिहान साढे १० बजे देउवालाई भेट्न चिनियाँ टोली उनको निवास बुढानीलकण्ठ पुग्ने बताइएको छ । बुढानीलकण्ठमा देउवासहित कांग्रेसका अरु केही नेतासँग पनि चिनियाँ टोलीले वार्ता गर्ने छ ।

    गएको आइतबार नेपाल आएको चिनियाँ टोलीले आउनासाथ राष्ट्रपति विद्या भण्डारीलाई भेटेको थियो । आइतबारै राति प्रधानमन्त्री केपी ओलीलाई भेटेको चिनियाँ टोलीले सोमबार नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललाई भेटेको थियो । सोमबारै नेकपाका बरिष्ठ नेता झलनाथ खनाललाई पनि चिनियाँ टोलीले भेट गरेको थियो । टोलीले सोमबारै सभामुख अग्निप्रसाद सापकोटा र जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि भेटेको थियो ।

    चिनियाँ टोलीले नेकपाका नेताहरुसँगको भेटवार्ता सकिएपछि कांग्रेस सभापति देउवासँग भेटवार्ता गर्दैछ ।

    ४ दिने भ्रमणमा आएको चिनियाँ टोलीले विभाजित नेकपालाई एकताबद्ध बनाउने प्रयास गरे पनि प्रधानमन्त्री ओलीले हठ नछाडेपछि त्यसले साकार रुप नलिएको चर्चा राजनीतिक बृत्तमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार