काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रचण्ड–माधव नेपाल पक्षले आज देशभर विरोध प्रदर्शन गर्दैछ । प्रचण्ड–माधव पक्षले काठमाडौं उपत्यकामा ५० हजारको संख्यामा मान्छे उतार्ने दाबी गरेको छ । नेकपाको प्रचण्ड–माधव पक्षले बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न आठ क्षेत्रबाट जुलुुस निकाल्दैछ । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्सालबाट जुलुस निकाल्ने तयारीमा सो समूह छ ।
त्यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने युवा संघ अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले जानकारी दिएका छन् । सापकोटाले आज ११ बजे प्रतिगमनका विरूद्ध प्रत्येकले टाउकोमा कालो कफन बाँधेर प्रदर्शनमा उत्रिन आह्वान गरेका छन् ।
यसैबीच नेकपाको प्रचण्ड–नेपाल पक्षले विरोध प्रदर्शनका लागि सडकको बीच भागमा नै मञ्च बनाएपछि बिहानैदेखि प्रदर्शनी मार्गमा गाडी डाइभर्सन गरिएको छ । प्रदर्शनी मार्गको बीच सडकमा मञ्च बनाएकाले पद्मोदय मोडबाट गाडी डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बिहीबार बिहान भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा भएको...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्ली बजार कारागारमा जेल सजाय...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend