काठमाडौँ – नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहलाई बर्खास्तको माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता कार्यकर्ता धर्नामा बसेका छन् ।
सर्लाहीका नेता कार्यकर्ता काठमाडौँ आएर पार्टी कार्यालयमा आइतबार धर्ना दिइरहेका छन् । जिल्ला सभापति सिंह दोषी ठहर भएकाले हटाउन माग गरेका छन् । सिंह वन मुद्दामा भ्रष्टाचार ठहर भएका व्यक्ति हुन् ।
सर्वोच्च अदालतले दोषी ठहर गरेका व्यक्तिलाई पदमा राख्न नहुने माग सहित नेता कार्यकर्ता धर्नामा उत्रिएका हुन् । पूर्व जिल्ला सभापति लक्ष्मण राय र हालका जिल्ला उपसभापति नवीन अधिकारीको नेतृत्वमा सय बढी नेता कार्यकर्ताले धर्ना दिइरहेको तरुण दलको केन्द्रीय ललनकुमार यादवले जानकारी दिए ।
सिंहलाई सर्वोच्चले चार महिना १५ दिन कैद सजाय हुने आदेश दिए पनि उनी पदमा कायम छन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर व्यक्तिलाई पार्टीबाट हटाउनुपर्ने ९/१० महिनाअघि देखि नै माग गरे पनि पदमुक्त नगरेकाले धर्नामा बस्नुपरेको तरुण दलका केन्द्रीय सदस्य यादवले बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend