Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेले बोलायो संसदीय दलको बैठक, यी हुन एजेण्डा


    आइतबार, माघ १३ २०८१
    630
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा मंगलबार दिउसो १ बजे बस्ने गरी बोलाइएको हो ।

    मुख्य सचेतक महेश बर्तौलाका अनुसार सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीति तय गर्न दलको बैठक बस्न लागेको हो । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।

    आउँदो १८ माघबाट सङ्घीय संसद्को अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार