काठमाडौं – नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिमा सचिवसहित १२० केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । २३औं राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट केन्द्रीय सचिव मुस्लिमतर्फ मिरोज अहम्मद निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै प्रदेश १ बाट खुला सचिवालय सदस्यमा उमेश ढुंगाना, विश्वास राई, नवीन दाहाल, छात्रा सचिवालय सदस्यमा डोमा राई र समावेशी सचिवालय सदस्यमा विकास केरुङ निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै मधेश प्रदेशबाट समावेशी सचिवालय सदस्यमा राजन झा, बामगती प्रदेशबाट छात्रा सचिवालय सदस्यमा सगुन सापकोटा, गण्डकी प्रदेशबाट खुला सचिवालय सदस्यमा साजन नेपाली, काशीराम पौडेल र सरण विक तथा छात्रा सचिवालय सदस्यमा अनु न्यौपाने तथा समावेशी सचिवालय सदस्यमा सदस्य कुमारी घले निर्विरोध निर्वाचित भएका छन् ।
लुम्बिनी प्रदेशबाट छात्रा सचिवालय सदस्यमा वेनता बुढा र समावेशी सचिवालय सदस्यमा ताराबहादुर घर्तीमगर, कर्णाली प्रदेशबाट छात्रा सचिवालय सदस्यमा पार्वतीकुमारी सञ्ज्याल, सुदूरपश्चिम प्रदेशबाट छात्रा सचिवालय सदस्यमा गौरीकलाकुमारी रोका र समावेशी सचिवालय सदस्यमा सौरभ चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
उपत्यका विशेष प्रदेशबाट छात्रा सचिवालय सदस्यमा अस्मिता खत्री र रीना सापकोटा निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय समितिको लेखा आयोगको उपाध्यक्ष छात्रामा गायत्री सिंह निर्विरोध निर्वाचित भए । बाँकी १३ जना लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगको सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend