काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपालमा वर्षको करिब पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने भएकाले जुनसुकै प्रधानमन्त्री भए पनि नसक्ने बताएका छन् । नवलपरासी पुगेका महामन्त्री थापाले प्रधानमन्त्रीले वर्षको करिब बढीमा २० हजारलाई भन्दा रोजगारी दिन नसक्ने बताए ।
उनले भने, ‘नेपालमा वर्षको करिब पाँच लाखलाई रोजगारी दिनुपर्छ । मानौँ कोही प्रधानमन्त्री भयो, उसले सबैलाई नेपालमा रोजगारी दिन्छु भन्यो भने पाँच लाख रोजगारी सिर्जना हुनुपर्छ । त्यो प्रधानमन्त्री भएको मान्छेले कहाँ रोजगारी सिर्जना गर्न सक्छ । प्रहरी, सेना, शिक्षकमा जागिर खुलाउँछ, अस्पतालमा करार राख्छ सबैतिर गरे पनि मुस्किलले २० हजार नाघ्दैन । ४ लाख ८० हजार मान्छे बाँकी रहन्छन् । त्यो मान्छेहरूलाई काम कसले दिन्छ ।’
उनले कहिल्यै पनि सरकारले काम दिन नसक्ने बताए । उनले भने, ‘काम जहिले पनि निजी क्षेत्रले दिने हो । सबैतिर हो, सरकारले काम दिन्छु भन्यो भने कसैले नपत्याउनु । सरकारले रोजगारी दिन्छु भने पनि कसैले पनि सक्दैन । सरकारले केवल वातावरण बनाउने मात्रै हो ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend