काठमाडौं – नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को केन्द्रीय समिति अन्तर्गतका विभिन्न आयोगमा १३ जना निविरोध निर्वाचित भएका छन् ।
लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोगमा विभिन्न प्रदेशबाट निर्वाचित भएर आउने सदस्य पदमा एकल उम्मेदवारी परेपछि १३ जना नयाँ नेतृत्व चयनका लागि शनिवार हुने निर्वाचन अगावै निविरोध निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका अनुसार लेखा आयोगको सदस्यमा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशबाट उम्मेदवारी नै दर्ता भएन ।
यस्तै निर्वाचन आयोग सदस्यमा लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशबाट उम्मेदवारी नै परेन । यस्तै अनुशासन आयोग सदस्यमा लुम्बिनी र बागमती प्रदेशबाट उम्मेदवारी नै दर्ता नभएको निर्वाचन समितिले जनाएको छ ।
लेखा आयोगको सदस्यमा बागमती प्रदेशबाट राजेशबहादुर खत्री, मधेश प्रदेशबाट मनोहर यादव, प्रदेश १ बाट सन्देश राई र सुदूरपश्चिम प्रदेशबाट मनिषा साउँदको एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै अनुशासन आयोग सदस्यमा उपत्यका विशेष प्रदेशबाट सुजन घिमिरे, प्रदेश १ बाट विक्रम परियार, गण्डकी प्रदेशबाट उमेश खनाल, मधेश प्रदेशमा जितेन्द्रकुमार यादव र विश्वविद्यालय प्रदेशबाट आशिम बास्ताकोटीको एकल उम्मेदवारी दर्ता भएको छ । उनीहरू पनि निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन आयोग सदस्यमा पनि प्रदेश १ बाट दर्शन शाह, विश्वविद्यालय प्रदेशबाट विपिन लामा, उपत्यका विशेष प्रदेशबाट निराजन गौतम र सुदूरपश्चिम प्रदेशबाट पूर्णसिंह धामीको एकल उम्मेदवारी दर्ता भएको छ । उनीहरू पनि निर्विरोध निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले उनीहरु निर्वाचित भएको घोषणा गर्न बाँकी छ ।
अखिल क्रान्तिकारीको केन्द्रीय समितिमा ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी दर्ता भइसकेको छ । पदाधिकारीदेखि केन्द्रीय सदस्यमा धेरैको उम्मेदवारी परे पनि केन्द्रीय समिति अन्तरगत नै रहेका विभिन्न आयोगमा प्रदेशबाट निर्वाचित भएर आउने सदस्य पदमा भने अधिकांशमा उम्मेदवारी नै नपरेको हो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend