Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • ३ बुँदे सहमति भएपछि खुल्यो पोखरा महानगरमा लगाइएको ताला


    बुधबार, माघ ९ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • पोखरा – पोखरा महानगरमा लगाएको ताला खोलिएको छ । यर धनराज आचार्यले गणपूरक संख्या पुगेर पनि अकस्मात् नगरसभा स्थगित गरेको भन्दै नेपाली कांग्रेसका निर्वाचित जनप्रतिनिधिले लगाएको ताला आज (बुधबार) खोलिएको हो ।

    मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतसहितको उपस्थितिमा भएको बैठकबाट ३ बुँदे सहमति भएपछि ताला खोलिएको पोखरा–४ का सदस्य प्रकाश कोइरालाले बताए । उनका अनुसार चालू नगरसभा माघ ११ गते गर्ने सहमति भएको छ । मेयर आचार्यले १० गतेका लागि बैठक स्थगित गरेका थिए ।

    यस्तै, सबै वडा कार्यालय, महाशाखा, शाखालगायत खर्च केन्द्रहरूका शीर्षकान्तर र रकमान्तर हुन नसकेकोले आवश्यक निर्णय गर्ने सहमति भएको उनले बताए । रकमान्तर नहुँदा पोखराको पूर्वाधार विकास तथा अन्य कार्यहरू ठप्प भएको गुनासो जनप्रतिनिधिहरूको छ ।

    साथै, पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिबिच २०८१ मङ्सिर २३ गते बसेको विशेष नगरसभामार्फत पारित ७ बुँदे सहमति अक्षरशः पालना गर्ने र समग्र महानगरको शुसाशन र समृद्धिका लागि एकजुट भएर काम गर्ने सहमति भएको पनि कोइरालाले बताए ।

    मेयर आचार्यसहित उपमेयर मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार