Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाले पनि माग्यो लेखा समिति सभापति पोखरेलको राजीनामा


    मंगलबार, माघ ८ २०८१
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् । मंगलबार लेखा समितिको बैठकमा बोल्दै उनले सभापति पोखरेलको राजीनामा मागेका हुन् ।

    सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्ने भनको भनाई छ । विगतमा समेत सत्तारूढ दलका सांसदले लेखा समिति सभापति नछाडेको विषय उदाहरण नदिन पनि उनले आग्रह गरेका छन् ।

    ‘हिजो विगतमा के बिग्रेको थियो भनेर त्यही गर्नुपर्छ भन्ने होइन । लेखा समिति सभापति प्रतिपक्षीको हुने विश्वव्यापी मान्यता छ,’ सांसद ढकालले भने । यसअघि नेकपा माओवादी केन्द्रले पनि पटक पटक सभापति पोखरेलको राजीनामा माग गर्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार