Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपाल र चिनियाँ टोलीबीच छलफल 


    सोमबार, पुष १३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी) का अन्तर्राष्ट्रिय विभाग उपप्रमुख गुओ यचौ नेतृत्वको चार सदस्यीय टोली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच होटल एभरेष्टमा छलफल भइरहेको छ ।

    चिनियाँ टोलीले आइतबार विमानस्थलबाट उत्रिनासाथ दूताबासबाट सोझै राष्ट्रपति विद्या भण्डारीसँग भेट गर्यो । राष्ट्रपतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको छ । ओलीपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने र त्यसपछि सोही पार्टीका अर्का अध्यक्ष माधव नेपालसँग भेट गर्ने कार्यक्रम छ ।

    ४ दिनका लागि आएको यर्चौ नेतृत्वको टोली विभाजित नेकपालाई पुनः एक गराउने उद्देश्यले आएको प्रष्टैसँग सार्वजनिक भइसकेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार