Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा मिलाउने चिनियाँ प्रयास सफल होला ?


    सोमबार, पुष १३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई एक बनाउने उद्देश्यले आइतबार आएको चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी) का अन्तर्राष्ट्रिय विभाग उपप्रमुख गुओ यचौ नेतृत्वको चार सदस्यीय टोलीले आउनासाथ राष्ट्रपति विद्या भण्डारीसँग भेट गर्यो । राष्ट्रपतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको छ । ओलीपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने र त्यसपछि सोही पार्टीका अर्का अध्यक्ष माधव नेपालसँग भेट गर्ने कार्यक्रम छ । ४ दिनका लागि आएको यर्चौ नेतृत्वको टोली विभाजित नेकपालाई पुनः एक गराउने उद्देश्यले आएको प्रष्टैसँग सार्वजनिक भइसकेको छ ।

    यसअघि गएको फागुनदेखि नेकपामा चलिरहेको आन्तरिक विवादमा चिनियाँ राजदूत होउ यान्छीले पटक पटक नेताहरुलाई मिलाउने भूमिका खेलेकी थिइन् । पछिल्लो पटक राजदूत यान्छीले प्रधानमन्त्री केपी ओलीलाई दुई पदमध्ये प्रधानमन्त्री पद छाड््न सल्लाह दिएपछि उनी चिढिएका थिए । राजदूत यान्छीको सल्लाहलाई अस्वीकार गरी प्रधानमन्त्री ओलीले संसद नै बिघटन गरिसकेका छन् । प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयललाई भेटेपछि उनी संसद नै बिघटन गर्ने तहमा पुगे । र, प्रधानमन्त्री ओलीको महत्वाकांक्षका कारण एकताबद्ध भएको नेकपा फुटेपछि चीनले उच्चस्तरीय टोली पठाएर पुनः एकता गराउने प्रयास गर्न लागेको देखिन्छ ।

    तर, नेपालबाट एकतर्फी भ्रमण हुने गरेको चीनका नेताहरुको पछिल्लो नेपाल भ्रमण र चासोलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । हुन पनि महिना दिनभित्रै यो सहित चीनतर्फबाट दुईवटा उच्च स्तरका भ्रमणहरु भएका छन् । सीपीसीकै उच्च तहका नेता एवं रक्षामन्त्री बेई फेङ्गे मंसिर १४ मा मात्रै काठमाडौं आएका थिए । एकदिने त्यो भ्रमणका बेला, दुई देशबीच भएका सम्झौता कार्यान्वयनको चर्चा धेरै गरिए पनि प्रधानसेनापति पूर्णचन्द्र थापा, सेनाको विभागीय मन्त्रालयका प्रमुख अर्थात् रक्षा मन्त्रालय सम्हालेकाले केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर रक्षामन्त्री फेङ्गे फर्किए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार