कलैया । बारामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको मात्र होइन, नाका–नाकामा राष्ट्रिय अनुसन्धान बिभागको नाममा समेत असुली मौलाएको छ । गएको साउनमा राष्ट्रिय अनुसन्धान बिभाग मोरङका तत्कालीन एसपी तिलक प्रसाईले ब्यापारीलाई धम्काएर रकम उठाएको उजुरी प्रधानमन्त्री कार्यालयमा परेको थियो । एसपी प्रसाईले सिधै ब्यापारीसँग रकम माग गरेको बिषयमा प्रधानमन्त्री कार्यालयमा उजुरी परेको भए पनि तराईका भारतसँग सीमा जोडिएका जिल्लाका राष्ट्रिय अनुसन्धान बिभागका एसपीहरुले कतै सिधै त कतै सूचक प्रयोग गरी रकम उठाउँदैआएका छन् ।
यसैक्रममा बारामा सूचक प्रयोग गरी एसपीले रकम उठाउने गरिएको छ । प्रमुख जिल्ला अधिकारीको समेत नाममा सूचक प्रयो गरी रकम उठाउने गरेको खुलासा भएको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय अनुसन्धानका एसपीको नाममा ब्यापारीहरुसँग दररेट तय गरी असुली हुँदैआएको छ । बिगत ७ बर्षदेखि राष्ट्रिय अनुसन्धान बिभाग, बारामा कार्यरत सूचक जितेन्द्र यादवले प्रजिअ र एसपीको नाममा ब्यापारीसँग मासिक रकम उठाउने गरेको आरोप छ ।
राष्ट्रिय अनुसन्धान बिभाग बाराका प्रमुख (एसपी) दीपक खड्का छन् भने प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी छन् । यादवले बिगत ७ बर्षदेखि सीडीओ र एसपीका नाममा ब्यापारीसँग रकम लिने गरेका छन् ।

सूचक यादवले कतिपय ब्यापारीलाई प्रहरी र सशस्त्रको क्राइमको असई समेत भन्दै तर्साउँदै असुल्न गरेको आरोप लाग्ने गरेको छ । केही महिनाअघि छतवाको बरैनिया बजारमा ब्यापारीहरुसँग पैसा माग्ने क्रममा उनलाई स्थानीयले कुटपिट नै गरेका थिए । तर पनि उनलाई राष्ट्रिय अनुसन्धानका एसपी खड्काले उनलाई असुलीमा खटाउँदैआएका छन् ।
बाराका सिम्रौनगढ, छतवा, मटिअर्वा, मुसहरवा नाकाबाट कवाडीको कारोबार गर्ने बादशाह अन्सारीदेखि काजुका कारोबारी प्रेम र दिलीप, गाईगोरु भारत लैजाने मनोज, कपडाका कारोबारी छोटेलाल, भोला साह र अरबिन्दसँग उनले मासिक असुली गर्ने गरेको स्रोत बताउँछ । कपडाका ठूला कारोबारी चन्दन भन्ने सरोज यादवलगायतका ब्यापारीसँग सूचक यादवले सीडीओ र एसपीलाई बुझाउनुपर्छ भन्दै असुल्ने गरेको आरोप छ । स्रोतका अनुसार बादशाह र सरोजसँग मासिक १ लाख र अरु ब्यापारीसँग ४० हजारका दरले उनले उठाउने गरेका छन् ।
स्रोतका अनुसार सूचक यादवले खुलेआम असुली गर्नेगरेको गुनासो पटक–पटक राष्ट्रिय अनुसन्धान बिभागको मधेश प्रदेशका अनुसन्धान निर्देशक डीआईजी माधव तिम्सिनाकोमा पुगे पनि सुनुवाइ हुन सकेको छैन । राष्ट्रिय अनुसन्धान बिभाग गृहमन्त्रालय अन्तर्गत हुँदा गुनासो गर्दा सुुनुवाइ भए पनि प्रधानमन्त्री कार्यालयमातहत लगिएपछि झन् मनपरी हुँदै गएको गुनासो छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend