Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पशु आहाराका लागि राखेको दाल राहतमा बितरण गरेपछि…


    शुक्रबार, बैशाख ५ २०७७
    885
    Shares
  • ४ मिनेट पाठ
  • बारा, ५ बैशाख । पशुलाई खुवाउने दानाका लागि कोल्डस्टोरमा राखेको दाल कलैया उपमहानगरपालिकाले राहत बाँडेको खुलासा भएको छ । महामारीमा भ्रष्टाचार गर्नका लागि पशुको दानासमेत राहतमा बितरण गर्ने काम कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले गरेका छन् । उनले कलैया उपमहानगरका २७ वटै वडामा खान अयोग्य कुहिएको दाल बितरण राहतका रुपमा बितरण गरेको गुनासोपछि प्रहरी प्रशासनले यादव कोल्डस्टोरमा छापा मारी ३ सय ८० बोरा दाल बरामद गरेको थियो ।

     उक्त दाल पशुआहाराका लागि राखिएको खुलेको छ । यादव आइस एण्ड कोल्डस्टोर रंगपुरमा दाल राखेका श्री धनलक्ष्मी दाल मिल प्रालिका संचालक तेजकरण शर्माले २०७६ चैत २९ मा उद्योग बाणिज्य संघ बारामा दिएको निवेदनमा पशुआहाराका लागि राखेको स्पष्ट उल्लेख गरेका छन् ।

    मिलका संचालक शर्माको विज्ञप्तिमा उल्लेख छ–‘मेरो उद्योगले कलैयास्थित यादव आइस एण्ड कोल्डस्टोरमा विगत २ बर्षअघिदेखि रहर गेडा र दाल राखेको सही हो । कोल्डस्टोरमा राख्दा हामीले स्टोर गरेबापतको रकमसमेत बुझाइरहेको अवगत गराउन चाहन्छु । उद्योगले २०७३ फागुन ४ मा यादव कोल्डस्टोरमा ४३,७४० केजी रहर गेडा र ५८, ००० केजी रहर दाल पशुआहार बनाउन राखेका थियौं । 

    \"\"बरामद गरिएको दाल 

    राहत बितरणका क्रममा कैफियत भेटिएको भन्दै विभिन्न संचारमाध्यमबाट थाहा पाएँ । उक्त दाल र रहरको दाना स्टोर गरेको हुँ । मैले स्टोर गरेदेखि आजसम्म कहीँ कतै उक्त दाल र दाना बिक्री गरेको छैन । यस कार्यमा मेरो र उद्योगको कुनै संलग्नता नरहेको जानकारी गराउँछु । 

    अनुमतिविना मैले स्टोर गरेका कुनै पनि सामग्री बिक्री बितरण भएको पाइएमा आवश्यक कारबाहीका लागि समेत धनलक्ष्मीका संचालक शर्माले अनुरोध गरेका छन् । 

    कलैया उपमहानगरपालिकाका मेयर यादवकै स्वामित्वमा रहेको यादव कोल्डस्टोरले पशुआहाराका लागि राखिएको दाल बितरण गरी जनस्वास्थ्यमा गम्भीर खेलबाड त गरेकै छ, उपमहानगरको बजेटबाट प्रतिकिलो त्यही पशुआहाराको लागि राखिएको दाल प्रतिकिलो १ सय २० रुपैयाँ मा किनी मजदुर र अतिविपन्नलाई राहत बाँडेका छन् । २७ वटै वडामा कुहिएको दाल बितरण गरेको खुलेपछि प्रशासनले छापा मारी दाल बरामद गरेको थियो । र, दाल र अरु खाद्यान्न गुणस्तरहीन भएकाले परीक्षण गर्नका लागि हेटौडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको थियो ।

    खाद्य प्रविधि कार्यालय हेटौंडाले दाल खान अयोग्य भनेर रिपोर्ट समेत दिइसकेको छ । तर पनि प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितले यादव कोल्डस्टोरका संचालकलाई पक्राउ गरेका छैनन् । यादव कोल्डस्टोर कलैया उपमहानगरपालिकाका मेयर यादवकै हो । उनी मेयर हुनुअघि त्यही कोल्डस्टोर संचालन गर्थे । तर बाबु राधेचन्द्र यादवले उनलाई एकाएक कांग्रेसको जिल्ला सदस्य बनाएको केही दिनमै उनलाई मेयरको टिकट दिलाउन सफल भएका थिए । मेयरकै स्वामित्वको कोल्डस्टोरले अर्काले राखेको पशुआहारका लागि राखेको दाल उसलाई थाहा नै नदिई एक किसिमले लुटको शैलीमा उपमहानगरपालिका अन्तर्गतका २७ वडामा राहतका रुपमा बाँडेको खुलेको छ । 

    दालमात्र होइन, चामल पनि उनले गुणस्तरहीन बितरण गरेको गुनासो वडा वडामा राहत पाउनेहरुले गर्दैआएका छन् । बोरामा ५६ रुपैयाँ प्रतिकेजी लेखेको चामल दिए पनि भित्र खोलेर हेर्दा ३५ रुपैयाँमा पाइने चामल बितरण गरेको पाइएको थियो । आलु पनि मेयरले आफ्नै कोल्डस्टोरमा एक महिनाअघि २० रुपौयाँमा खरिद गरेका थिए । त्यही आलु उपमहानगरपालिकाबाट ३७ देखि ४० रुपैयाँमा खरिद गरी राहतका रुपमा वडा वडामा बितरण गरेको आरोप लागेको छ ।

    हेर्नुहोस् दाल मिलका संचालकको विज्ञप्तिः

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार