ताप्लेजुङ, ५ बैशाख। ताप्लेजुङमा आफनै श्रीमतीको हत्या गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङले फुङ्लिङ नगरपालिका वडा नं ९ बुङ्कुलुङका पासाङ थुण्डुक शेर्पा हुन । उनलाई आफ्नै श्रीमतीलाई कर्तब्य गरी मारेको अभियोगमा पक्राउ गरेको हो ।
उनी माथि मादक पदार्थ सेवन गरी ५२ वर्षिया श्रीमती मिङ्ला ल्हामु शेर्पालाई लात्ति र मुक्का प्रहार गरी हत्या गरेको अभियोग रहेको छ।
पक्राउ भएका पासाङ थुण्डुकलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख९डिएसपी०ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको छ।