Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आठ नयाँ मन्त्री थपिए, ६ को जिम्मेवारी हेरफेर, एक मन्त्री र राज्यमन्त्री हटाइए


    शनिबार, पुष ११ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गरेका छन् । पुनर्गठनमा आठ नयाँ मन्त्री थपिएका छन् भने केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । प्रधानमन्त्रीले संसद भंग गरेपछि सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । रिक्त ७ मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएका छन् । नयाँ नियुक्ति पाउनेहरुमा ५ पूर्वमाओवादी खेमाका छन् भने ३ जना एमाले पृष्ठभूमिका हुन् ।

    थप भएका मन्त्रीहरुमा टोपबहादुर रायमाझी–उर्जा तथा सिंचाई  मणि थापा–खानेपानी तथा सरसफाइ, प्रभु साह सहरी विकास, प्रेम आले वन, गणेश ठगुन्ना–सामान्य प्रशासन, गौरीशंकर चौधरी–श्रम, दावा लामा–युवा तथा खेलकुद, जुलीकुमारी महतो–महिला बालबालिका, विमला विश्वकर्मा–उद्योग राज्यमन्त्री–भानुभक्त ढकाल–पर्यटन, हृदयेश त्रिपाठी–स्वास्थ्य, लीलानाथ श्रेष्ठ–कानून, शिवमाया तुम्बाहाङ्फे–भूमिसुधार, पद्मा अर्याल– कृषि, कृष्णगोपाल श्रेष्ठ शिक्षा छन् ।

    यसअघि स्हरी विकास मन्त्री रहेका कृष्षणगोपाल श्रेष्ठ शिक्षा, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल पर्यटन, संघीय मामिलाका हृदयेश ज्ञिपाठी स्स्वास्थ्य, भूमिब्यवस्थाकी पद्मा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ । कानुन मन्त्री शिवमायाया तुम्वाहाङ्फेलाई भूमिब्यवस्था र महिला मन्त्री लिला श्रेष्ठलाई कानुनको जिम्मा दिइएको छ ।

    युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् । मोति दुगडले राज्यमन्त्री पदको दुरुपयोग गरेको बिषयमा धेरै गुनासा आएपछि उनी बिदा भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार