Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली निरंकुशताको बाटोमा : झलनाथ खनाल


    शुक्रबार, पुष १० २०७७
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (प्रचण्ड–माधव पक्ष) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुशताको बाटोमा लागेको बताएका छन्।

    कार्की ब्याङ्क्वेटमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले ओलीले संसद विघटन गरेर आफुलाई निरंकुशताको पक्षमा उभ्याएको टिप्पणी गरे।

    ‘केपी ओली नितान्त निरंकुशताको बाटोमा हुनुहुन्छ । अहिलेको संविधान अनुसार संसद र प्रदेश सभा विघटन गर्न सक्दैनन्’, खनालले भने, ‘हिट्लर, फासिजम र तानाशाहीको बाटोमा हिँड्नेमाथि जनताले हिसावकिताव गर्छन् ।’

    उनले कसैले देशमाथि औँलो उठाउछ भने जनताले उसलाई उचित कारवाही गर्नपछि नपर्ने पनि दाबी गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार