काठमाडौं – गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव रामचन्द्र तिवारीले पाएका छन्। सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट हालै गृह मन्त्रालयमा सरुवा गरिएका तिवारीलाई प्रवक्ताको समेत जिम्मेवारी तोकिएको हो।
तिवारीलाई मन्त्रालयमा सुरक्षा समन्वय माहाशाखा प्रमुखको जिम्मेवारी तोकिएको छ। मन्त्रालयमा सुरक्षा समन्वय महाशाखा प्रमुखलाई नै प्रवक्ताको जिम्मेवारी दिइने गरिएको छ। अर्को साताबाट तिवारीले जिम्मेवारी सम्हाल्नेछन्।
सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा उनले ७ महिना काम गरे। यसअघि उनले वाणिज्य मन्त्रालयमा दुईपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा र उद्योग विभागको महानिर्देशकका रूपमा पनि काम गरिसको छन्।
त्यसअघि भने तिवारी गृह मन्त्रालय मातहत नै कार्यरत थिए। यसअघि मुस्ताङ जिल्लाको प्रमुख जिल्ला अधिकारी भइसकेका उनले अध्यागमन विभाग र कारागार व्यवस्थापन विभागको पनि जिम्मेवारी निर्वाह गरिसकेका छन्।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend