Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • संसद विघटनविरुद्धका रिट निवेदनमा आज संवैधानिक इजलासले सुनुवाइ गर्ने


    शुक्रबार, पुष १० २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आज संवैधानिक इजलासले सुनुवाइ गर्दैछ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले प्रतिनिधिसभा विघटनबिरुद्ध परेका सबै रिट संबैधानिक इजलासमा पठाएका थिए ।

    रिट निवेदकहरुको तर्फबाट बहस गर्दै बरिष्ठ अधिवक्ताहरुले प्रतिनिधिसभा पुनस्र्थापनाको लागि अन्तरिम आदेश नै माग गरेका थिए । तर प्रधानन्यायाधीश राणाले सबै रिट संवेधानिक इजालसमा पठाएका छन् । जसको सुनुवाई आजबाट हुँदैछ । संविधानमा प्रतिनिधिसभा पुनुस्र्थापनाको ब्यवस्था नै नभएकाले सर्वोच्च अदालतले संविधानको रक्षाका लागि पनि पुनस्र्थापना गर्नैपर्ने माग पूर्वन्यायाधीशदेखि पूर्वप्रधानन्यायाधीहरुले गर्दैआएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनको मिति घोषणा गरेकी थिइन् । राष्ट्रपतिको घोषणाविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार