Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १४ गते देशव्यापी प्रदर्शन गर्ने प्रचण्ड–नेपाल समूहको घोषणा


    बिहिबार, पुष ९ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले संसद् विघटनको विरुद्धमा देशभर आन्दोलन गर्ने घोषणा गरेको छ ।

    काठमाडाैंमा शुक्रबारदेखि केही न केही प्रदर्शन र १४ गते देशव्यापी रूपमा आन्दोलन गर्ने निर्णय भएको प्रचण्ड–नेपाल समूहका नेताहरूले बताएका छन् ।

    बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आन्दोलनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समितिसमेत बनाएको छ । बैठकले प्रवक्ता श्रेष्ठको संयोजकत्वमा २५ सय एक सदस्यीय आन्दोलन परिचालन समिति बनाउने निर्णय गरेको हो ।

    यस्तै संसद् विघटनको विरुद्धमा नेकपाको प्रचण्ड–नेपाल पक्ष सर्वोच्च अदालत र निर्वाचन आयोग जाने भएको छ । बिहीबार (आज) भएको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटीको बैठकले संसद् विघटनको विरुद्धमा शुक्रबार (भोलि) बिहान सर्वोच्च अदालतमा जाने निर्णय गरेको एक नेताले जानकारी दिए।

    नेकपाको बहुमत स्थायी कमिटी तथा केन्द्रीय कमिटी आफ्नो पक्षमा रहेकाले आफ्नो पक्षका निर्णयलाई वैधता दिन निर्वाचन आयोग जाने निर्णय गरेको प्रचण्ड–नेपाल समूहका एक नेताले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार