Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने


    बिहिबार, पुष ९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे संसद विघटनबिरूद्ध १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार यही पुस १३ गते ती निर्वाचन क्षेत्रमा विरोधमा प्रदर्शन गर्ने निर्णय कांग्रेसले गरेको हाे । प्रवक्ता शर्माले भने ‘यो काँग्रेस एक्लैले प्रदर्शन गर्न लागेको हो’ ।

    पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावमा विरोध कार्यक्रम तय भएको शर्माले जानकारी दिए। थप निर्णयका लागि कांग्रेस केन्द्रीय समिति बैठक जारी छ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध कायम गरेको आरोप खेप्दै आएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार