काठमाडौं । नेपालको राजनीतिमा प्रत्यक्ष चासो राख्दै आएको छिमेकी मुलुक भारतले संसद विघटन भएको एक साता पुग्न लाग्दा राजनीतिक संक्रियायता नदेखाएपनि पूर्व कुटनीतिकहरुले भने मुख खोल्न थालेका छन् ।
भारतले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक नगरे पनि नेपालका लागि भारतीय पूर्व राजदूत मञ्जिभसिंह पुरीले भने भारतले नेपालमा संसद विघटन भएको विषयमा केही नबोल्नुमा खास कारण रहेको बताएका छन् ।
भारतीय अखबार दैनिक ट्रिब्युनमा एक लेख लेख्दै पुरीले खास कारण के हो भन्ने नखुलाए पनि नेपालमा राजतन्त्र फर्किने सम्भावना भने देखाएका छन् ।
पूर्व राजदूत पुरीले राजतन्त्र अन्त्यपछिको एक दशकसम्म पूर्व राजा चुपचाप रहेको भए पनि पछिल्लो समय बढ्दै गएको राजतन्त्रवादहिरुको देशव्यापी प्रदर्शनपछि भने नेपालमा सरकार र पूर्व राजा वा उनका पक्षधरसँग कुनै सम्झौता हुन सक्ने पुरीले संकेत गरेका छन् ।
पूर्व राजा वा उनका समर्थकसँग सम्झौताको सम्भावना अस्वीकार गर्न नसकिने बताउँदै पुरीले लेखेका छन् ‘विगतमा प्रधानमन्त्री ओलीले आफू सांस्कृतिक राजतन्त्रका लागि खुला रहेको बताएका थिए ।’
पुरीले संसद विघटनको विषयमा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत विश्वासमा लिएको हुन सक्ने बताउँदै यसको प्रमाणको रुपमा हालै सरकारले गरेका सिफारिसलाई अघि सारेका छन् ।
पुरीले नेपाली कांग्रेसले संसद विघटनको विरोध गर्नुलाई पनि प्रश्नको घेरामा राखेका छन् । संसद विघटन कांग्रेसका लागि भगवानले दिएको उपहारको रुपमा विश्लेषण गर्दै उनले यसले कांग्रेसलाई निर्धारित समयभन्दा अगावै सरकारमा जाने अवसर सृजना गरेको बताएका छन् ।
यसले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नै पार्टीमा भइरहेको नेतृत्वको आलोचना मत्थर पार्न पनि सघाउने पुरीको विश्लेषण छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend