Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रौतहट प्रहरीद्वारा अबैध किराना सामान बोकेका पिकअप भ्यान पक्राउ


    बिहिबार, पुष १८ २०८१
    2.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • रौतहट ।  लाखौं मूल्य बराबरको अबैध किराना सामान लोड रहेको नेपाली नम्बरको पिकअप भ्यान सहित चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

    सीमावर्ती बजार बैरगनियाबाट २ लाख ७१ हजार ९०० मूल्य बराबरको भन्सार छलेर ल्याएको चीनी, मैदा, धनिया , रिफाईन तेल, सेवई सुपारी बोकेको प्रदेश २ ००१ च ४००० नम्बरको पिक अप भ्यान प्रहरीले बरामद गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको गस्ती टोलीले बुधवार गौरस्थित बसपार्क नजिकै चेकजाँचको क्रममा अबैध सामानसहितको उक्त पिक अप गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन् ।

    बरामद गाडी र सामानको कुल ९ लाख ७१ हजार ९०० रुपैयाँ मूल्याङकन गरी चालक गौर नगरपालिका ८ का दिनेश राउत बरैसमेत आवश्यक कारवाहीको लागि बुधवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।

    रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्ला स्थित तस्करी नियन्त्रण गर्न प्रहरीले पूर्ण सक्रियता देखाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार