Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा छत्रबहादुर कटुवाल नियुक्त


    बुधबार, पुष १७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं- सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा बाजुराका छत्रबहादुर कटुवाललाई नियुक्त गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिरकरणको कार्यकारी निर्देशकमा कटुवाललाई नियुक्त गरेको हो ।

    यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रिक्त कार्यकारी निर्देशक पदमा आवेदन दिएकामध्ये योग्य ८ जना उम्मेदवारको नाम सार्वजनिक गरेको थियो ।

    जस अनुसार सेजमा भुपेन्द्रप्रसाद अर्याल, रामप्रसाद पौडेल, कृष्णसिंह बस्नेत, नवराज सापकोटा, छत्रबहादुर कटुवाल, राजेन्द्र श्रेष्ठ, रामचन्द्र ढकाल र संजय कुमारको दरखास्त स्वीकृत भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार