काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै छ। ओली पक्षको केन्द्रीय कमिटी बैठक बालुवाटारमा र प्रचण्ड–नेपाल पक्षको बैठक बबरमहलस्थित बार्की ब्यांक्वेटमा बस्दैछ।
मंगलबार बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले पार्टीको विधान संशोधन गरी प्रवक्तामा प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको थियो। बैठकले १ हजार १ सय ९९ जना हुने गरी महाधिवेशन आयोजक कमिटी गठन गरेको छ। मौजुदा ४ सय ४७ सदस्यीय केन्द्रीय समितिमा ५ सय ५६ जना थप गरिएको हो। १ सय ९६ जना थप्न बाँकी रहेको छन्।
यस्तै, प्रचण्ड–नेपाल पक्षको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरी रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेका थिए।
स्राेतका अनुसार आजको केन्द्रीय कमिटी बैठकले दुई अध्यक्षको वरीयता तोक्ने, महासचिव पदको टुंगो लगाउने छ। उक्त समूहमा जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र भीम रावल महासचिवका आकांक्षी देखिएका छन्।
प्रचण्ड–नेपाल समूहले बुधबार संसदीय दलको नेतामा प्रधानमन्त्री ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेका थिए। पार्टी औपचारिक रुपमा विभाजन नभए पनि दुवै पक्षले पदाधिकारी चयन, संगठन विस्तार, भेला र प्रशिक्षणलाई तीव्रता दिएका छन्।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend