Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्न कसले रोक्यो प्रधानमन्त्रीज्यू ?


    बिहिबार, पुष ९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले २०७६ फागुनदेखि दुईमध्ये एक पद छाड्नुपर्ने पार्टीको सचिवालयले माग गर्दा युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्ने भन्दैआए । तर अहिले संसद विघटन गरी छुट्टै समूह बनाएका प्रधानमन्त्री केपी ओलीलाई युवापुस्तामा नेतृत्व हस्तान्तरण गरेनन् । फुटेको पार्टीको पनि उनले नेतृत्व युवापुस्तामा हस्तान्तरण गर्न कन्जुस्याई गरेका छन् । 

    युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने कुरा उनको गफमात्रै मात्र थियो भन्ने उनले पुष्टी गरेका छन् । उनी युवापुस्तामा नेतृत्व हस्तान्तरणका पक्षमै थिएनन् भन्ने कुरा उनले आफ्नो समूहको घोषणाबाटै पुष्टी गरेका छन् । चार महिनापछि महाधिवेशन घोषणा गरी युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्छु भनेका थिए ओलीले । तर ११ महिनापछि महाधिवेशन राखेका छन् । यसले पनि ओलीको भनाइ र गराइबीचको फरकपन देखाएको छ ।

     नेकपाका केन्द्रीय सदस्य बिष्णु रिजालले केपी ओलीको भनाइ र गराइबीच फरक रहेको बिषयमा ३ वटा दृष्टान्तसहित लेखेका छन्ः

    १. केपी ओलीले बारम्बार भनेको सुनिन्थ्यो, ‘चार महिनापछि चैतमा महाधिवेशन गरेर छाड्दैछु, त्यतिबेलासम्म पनि कुर्न नसक्ने ?’ सदस्यता नै तय नभइसकेको पार्टीको महाधिवेशन चार महिनामा गर्छु भन्नेले सजिलो र आफ्नै समूहको महाधिवेशनको मिति चाहिं ११ महिनापछि राख्नुभएछ ।

    २. ‘म ४ महिनापछि दोस्रो पुस्तालाई नेतृत्व छाड्न तयार छु, तपाईंहरू तयार हो ?’ भनेर बारम्बार भन्ने नेताका लागि आफ्नै मान्छेहरू मात्रै रहेको बेला दोस्रो पुस्तालाई नेतृत्व छाडिदिन झन् सजिलो थियो । तर, केपी ओलीले फुटेको पार्टीको नेतृत्व पनि छाड्न सक्नुभएन ।

    ३. केन्द्रीय कमिटीको संख्या ४४१ हुँदा कतैबाट निर्वाचित नभएका, बैठक बस्नै नसकिने र सडकछाप भन्नुहुने केपी ओलीले त्यतिले नपुगेर ११९९ बनाएर सडकैभरि केन्द्रीय सदस्य बनाइदिनुभयो ।

    यसबाट भनाइ र गराइबीचको फरक स्वतः देख्न सकिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार