काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अब फेसबुके प्रधानमन्त्री बन्ने बताएका छन् ।
सामाजिक सन्जाल फेसबुकमा लेख्दै नेता बस्नेतले भनेका छन् , ‘नेपालमा छलाङ्ग, धक्का, क्रमभङ्ग, महाबिपत्तिको सिद्धान्तका प्रत्युपादक नेता क.प्रचण्डको ०६४ सालको चुनाब अगाडि भाबी कार्यकारी राष्ट्रपति भनेर खुव बाल पेन्ट गराईयो, फोटो टाँसियो। संबिधान निर्माण गर्दा उहाँले त्यो अडान छोडनु भयो। अनि उहाँहरुले नै भन्ने गरेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने भनेको संसदीय व्यबस्थामा सम्झौता गर्नु भयो। अनि त्यो सबै नाटक साबित भयो र उहाँको नाम भित्ते राष्ट्रपति रहन गयो। आज फेरि बिगठीत प्रतिनिधसभाको नेकपाको सिमित पुर्व सासंदहरुको संसदिय दलको नेता हुनु भएछ। अब कहिले बन्न नसक्ने प्रधानमन्त्रीको अभिलाषा बोक्नुभएको क.प्रचण्ड अब भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का छ। हार्दिक बधाई छ।’
बस्नेतले पार्टीभित्र विवादको बखेडा झिकी नेपाली जनताको भाग्य र भविष्यमाथि खेलवाड गर्ने प्रचण्ड तथा माधव नेपालले नेतृत्व गरेको गुटले राजनीतिमा सुनामी ल्याउनेनभई खरानी हुने चेतावनी दिएका छन् ।
सिन्धुलीमा युवा संघ नेपाल र अनेरास्ववियुले संयुक्त रुपमा आयोजना गरेको पार्टीको वर्तमान अवस्था र भावी योजनाका विषयमा आफ्नो धारणा राख्दै नेता बस्नेतले प्रचण्डले शसस्त्र युद्धको समयमा समेत मुलुकमा परिवर्तनको सुनामी ल्याउने उद्घोष गर्दै १७ हजार नेपालीको ज्यान लगेको तर सुनामी नभई २०६४ देखी २०७४ सम्मको निर्वाचनमा आइपुग्दा खरानी हुने दिशा तय गरि लोपन्मुख हुने चरणमा पुगेको दाबी गरेका थिए।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend