काठमाडाैँ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारी नेकपाको केन्द्रीय सदस्य पदत्याग गर्नेहरुको लहर नै चलेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सरकारी नेकपाको बैठकले ११ सय १९ केन्द्रीय सदस्य बनाउने निर्णय गरी ५५६ जना मनोनीत गरेको थियो ।
सरकारी नेकपाले १९७ जना केन्द्रीय सदस्य अझै मनोनीत गर्न बाँकी नै छ । प्रदेश र स्थानीय तहका जनप्रतिनिधि आफ्नो पक्षमा पार्नका लागि ओलीले जम्बो केन्द्रीय कमिटी बनाएका छन् ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गरिएको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले ४ सय ४६ केन्द्रीय समिति रहेको नेकपामा सदस्य थप गर्दै ११ सय ९९ केन्द्रीय सदस्य बनाइएको थियो । सो बारे निर्वाचन आयोगलाई समेत जानकारी गराइएको थियो ।
संविधानसभा सदस्य समेत रहेका ताप्लेजुङ जिल्ला कमिटी सचिवालय सदस्य डम्बरध्वज तुम्बाहाम्फेले एक विज्ञप्ति निकाल्दै आफूलाई थाहै नदिइ केन्द्रीय कमिटीमा राखेको भन्दै आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री ओलीले थाहै नदिइ केन्द्रीय कमिटीमा राखेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले भनेका छन्–‘मलाई थाहै नदिई मेरो नाम केपी शर्मा ओली समूहको केन्द्रीय सदस्यमा राखिएको प्रति मेरो असहमति रहेको ब्यहोरा यसै विज्ञप्ति मार्फत सम्बन्धित सबैमा जानकारी गराउँदछु । साथै म पार्टीको बहुमत केन्द्रीय सदस्यहरुले प्रतिनिधित्व गरेको अर्थात प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नै आवद्ध रहेको ब्यहोरा सबैलाई जानकारी गराउँछु ।’
यी हुन् केन्द्रीय सदस्य पद अस्वीकार गर्नेहरु
१) डम्बरध्वज तुम्बाहाम्फे–ताप्लेजुङ
२) गोपाल बुडाथोकी–झापा
३) जसमाया गजमेर–प्रदेश १ सामाजिक विकास राज्यमन्त्री
४) ज्ञानेन्द्र श्रेष्ठ–उदयपुरको कटारी नगरपालिका प्रमुख
५) सुन्दर वि.क.–नेकपा बारा जिल्ला सचिव
६) कमलेश झा–नेकपा प्रदेश २ सदस्य
७) भगवती भण्डारी– लुम्बिनी प्रदेश सदस्य
८) बृहस्पति अधिकारी–नवलपरासी
९) जागेश्वरीदेवि चौधरी–तिलोत्तमा नगरपालिका उपप्रमुख
१०) अमरबहादुर डाँगी–प्रदेशसभा सदस्य
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend