Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको समर्थनमा उत्रिए कमल थापा


    बुधबार, पुष ८ २०७७
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओलीको कदममा ग्रिन सिग्नल देखाएका छन्।

    मंगलबार बिहानै सामाजिक सञ्जाल ट्वीटरमा मार्फत उनले मध्यावधि निर्वाचन नै अहिलेको उत्तम विकल्प भएको बताएका हुन्।  

    संसद विघटनको विषयमा सर्वोच्च अदालतले बताउने उल्लेख गर्दै उनले प्रधानमन्त्री केपी ओली सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनमा भने समर्थन जनाएका हुन्।

    ‘संसद विघटनको वैधानिकताको परिक्षण/निरुपण/व्याख्या सर्वोच्च अदालतले गर्ने नै छ,’ उनले भनेका छन्, ‘तर ‘घोडा व्यापार’ र फोहरी गठबन्धन बनाएर ब्रम्हलुट/कुशासनको दोस्रो श्रृङ्खला शुरू गर्नुभन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्प/अवसर हो।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार