Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली र बादलबीच बालुवाटारमा एक घण्टा छलफल


    बुधबार, पुष ८ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’बीच वालुवाटारमा भेटवार्ता भएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न बादल बालुवाटार पुगेका हुन् । स्रोतका अनुसार उनीहरूबीच करिब १ घण्टा छलफल भएको थियो ।

    नेकपामा ओली र प्रचण्ड–नेपाल समूहले बादललाई आफ्नो समूहमा ल्याउन प्रयास गरिरहेका छन् । बादलले आफ्नो समूह स्पष्ट नपारिसकेको अवस्थामा ओलीसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    गृहमन्त्री बादलसँग हिजाे नेकपा अध्यक्ष प्रचण्डले पनि छलफल गरेका थिए । प्रचण्ड–नेपाल समूहकाे बबरमहलमा भएकाे भेलामा प्रचण्डले बादल आफ्नो पक्षमा आउँने बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार