ललितपुर । हनीट्रयापिङ गिरोहसँग मिलेर ३० लाख रुपैयाँ असुली प्रकरणमा मुछिएपछि निलम्बनमा परेकी प्रहरी प्रभाग भैंसेपाटी ललितपुरकी इन्स्पेक्टर बिनु शाही ५ लाख धरौटीमा छुटेकी छन् । आपराधिक लाभको मुद्दामा मुछिएकी शाहीलाई ललितपुर जिल्ला अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।
ललितपुर जिल्ला अदालतकी न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले उनलाई सोमबार धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी रामसजीवन महतोले जानकारी दिए ।
महतोका अअनुसार प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार निवेदन लिएर ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी थिइन् ।आइतबार बयान नसकिएपछि उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको थुनामा पठाइएको थियो । सोमबार बयान सकिएपछि उनलाई धरौटीमा छाडिएको हो ।
इन्द्रकुमार राईको जाहेरीले भीमादेवी थापासहित ६ जनाविरुद्ध आपराधिक लाभको मुद्दा दायर भएको थियो । सोही मुद्दामा शाही फरार थिइन् । प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत रहेको बेला उनले एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै हनीट्र्याप समूहसँग मिलेर रकम असुलेको आरोप छ ।
गृहमन्त्री रमेश लेखकको आडमा उनी निलम्बनबाटै जोगिने दाउमा लागेकी थिइन् । तर मन्त्री लेखकले उनलाई जोगाउन सक्ने स्थिति नभएपछि निलम्बनमा परेकी थिइन् । शाही नेपालमै भए पनि उनलाई पक्राउ नगरी छुट दिइएकोमा गृहप्रशासनको आलोचना हुँदैअएको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend