Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘हनी ट्रयापिङ’ प्रकरणः आईजीपीलाई इन्स्पेक्टर शाहीको चुनौती


    शुक्रबार, असोज १८ २०८१
    2.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको भैंसेपाटीमा एक जग्गा व्यापारीलाई हनीट्रयापमा पारी थुनेर ३० लाख रकम असुल्ने घटनामा मुछिएकी प्रहरी निरीक्षक बिनु शाहीलाई कारबाहीबाट जोगाउने चलखेल भइरहेको छ ।

    हनीट्रयाप प्रकरणमा छानबिन समितिले शाहीलाई निलम्बन गर्न सिफारिस गरेको १५ दिन बितिसक्दा पनि गृहमन्त्रालयले उनलाई निलम्बन गरेको छैन । प्रहरी प्रधान कार्यालयले पनि उनलाई निलम्बन गर्न सिफारिस गरेको छैन । उल्टै हनीट्रयापमा पारी रकम असुलीमा मुछिएकी इन्स्पेक्टर शाहीले फेसबुकको स्टोरीमा हार मान्दिन भन्दै उनले आईजीपी बसन्तबहादुर कुँवरलाई नै चुनौती दिने आसयको अभिब्यक्ति सार्वजनिक रुपमा दिएकी छन् ।
    शाहीका बिरुद्ध समाचार लेख्ने मिडियालाई पनि अज्ञात ब्यक्तिमार्फत् फोन सम्पर्क गर्न लगाएर धम्कीको भाषा प्रयोग गर्ने काम समेत उनीबाट हुँदैआएको छ ।

    हनीट्रयापमा पार्ने गिरोहले विगतमा पनि यसैगरी प्रहरीसँग मिलेर धेरैलाई फसाइसकेको सार्वजनिक भएको छ । सुनसरीका ताज इस्लाम नेतृत्वको समूहले गएको जेठमा दोलखाका एमाले नेता तथा ठेकदार विदुर शर्मालाई पनि यसैगरी फसाएर १६ लाख रुपैयाँ असुलेको पुष्टि भएको छ । इस्लामलाई ललितपुर प्रहरीले थुनामा राखी अनुसन्धान गरिरहेको छ ।

    हाल ललितपुर प्रहरीले ताज इस्लामसहित सुष्मा विक र भीमाकुमारी थापालाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । थापालाई शुक्रबार पक्राउ गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार