Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कसले पाउला चुनाव चिन्ह सूर्य ?


    बुधबार, पुष ८ २०७७
    3.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । २०७५ साल जेठमा पार्टी एकीकरण हुँदा नेकपाले सूर्यलाई चुनाव चिन्हका रुपमा निर्वाचन आयोगमा दर्ता गर्यो ।  त्यहि सूर्य चिन्हका लिएर चुनावमा जाँदा  झण्डै दुई तिहाइ बहुमत प्राप्त नेकपा ५ वर्षे कार्यकाल समाप्त हुनअघि नै औपचारिक रुपमा विभाजन हुन पुगेको छ । माओवादी र एमाले मिलेर बनेको नेकपा अब औपचारिकरुपमै विभाजित हुन पुगेको छ । 

    नेकपा विभाजनको रुप एकीकरण भन्दा भिन्न बन्न पुगेको छ । एकातिर ओली अध्यक्षको भूमिकामा एक्लै देखिनु र अर्कातिर प्रचण्ड-माधवले संयुक्त नेतृत्व लिने निर्णय हुनुले पनि विभाजनको रुप एकता भन्दा भिन्न रहेको पुष्टि हुन्छ । यसपटक मूलतः पूर्वएमाले र पूर्वमाओवादीका रुपमा नभएर पूर्वएमालेचाहिँ दुईतिर विभाजित हुन पुगेको छ । नेकपा बिभाजन भएपछि अब ठूलो हडबाजी चुनाव चिन्ह सूर्य पाउनका लागि छ ।

    सूर्य चिन्हको मोह ओलीपक्ष र प्रचण्ड -माधब नेपालपक्ष दुबैतर्फका नेतामा देखिन्छ ।  पार्टीको नाम, झण्डा र चुनाव चिन्ह जसको बहुमत छ, उसैको हुने स्पष्ट कानुन छ । त्यसैले नेताहरु आफ्नो हातबाट चुनाव चिन्ह नउम्कियोस् भन्ने चाहन्छन् । 
     पूर्वमाओवादी पक्षले समेत सूर्यलाई आफ्नो चुनाव चिन्ह मानिसकेको र तत्कालीन एमालेको एउटा ठूलो पंक्ति साथमै हुने भएकाले सूर्य चिन्हमाथि यो समूहको स्वतः हकदाबी हुन्छ । प्रधानमन्त्री ओली र उनीपक्षीय नेताहरुको झुकाव पनि सूर्य चिन्ह , एमाले र जनताको बहुदलीय जनवाद भएकाले सूर्य छापलाई आफ्नो बनाउन यो समूहले सकेको प्रयास गर्नेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार