Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपाललाई अध्यक्ष बनाउने निर्णयमा प्रभु साहले जनाए आपत्ति


    मंगलबार, पुष ७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वमाओवादी समूहका नेता प्रभु साहले प्रचण्ड-नेपाल समूहकाे बबरमहल भएकाे भेलामा फरक मत राखेका छन् ।

    मंगलबार थापाथलीस्थित कार्की पार्टी प्यालेसको बैठकले निर्णय गरेपछि साहले विरोध जनाएका थिए । तर प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव पारित भइसकेको भन्दै उक्त विषयमा छलफल नहुने बताए ।

    साहले पार्टीमा दुई अध्यक्ष हुनु हुँदैन भनेर फरक मत राखे पनि उनको प्रस्तावमा आज छलफल भएन । आफू पार्टीमा एकल अध्यक्ष हुनुपर्छ भन्ने पक्षमा रहेको उनले बताए । माधव नेपाल र प्रभु साह दुवै रौतहटका हुन् ।

    स्थानीय अन्तरविरोधका कारण साह माधव नेपालको विपक्षमा छन् । उनले नेपाललाई अध्यक्ष बनाइएकोमा आफ्नो सहमति नरहेको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार