Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा बालुवाटार बैठक : प्रवक्ताकाे जिम्मेवारी ज्ञवालीलाई, श्रेष्ठ हटाइए


    मंगलबार, पुष ७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएका छन् ।

    मंगलबार बालुवाटारमा जारी ओलीनिकट केन्द्रीय कमिटी बैठकले श्रेष्ठलाई प्रवक्ताबाट हटाएर ज्ञवालीलाई प्रवक्ताकाे जिम्मेवारी दिने  निर्णय गरेको हो ।

    पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिएका छन् ।

    त्यस्तै केही बेरमा बबरमहलमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहनिकट केन्द्रीय सदस्यहरुको बैठक बस्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार