Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद् विघटनविरुद्ध अदालत जाँदै प्रचण्ड-माधव समूह


    मंगलबार, पुष ७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका असन्तुष्ट पक्ष प्रचण्ड-नेपाल समूह अदालत जाने भएकाे छ ।

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालसहितका नेताहरु आज सर्वोच्च अदालतमा रिट दायर गर्न जान लागेका हुन्।

    यसका लागि प्रचण्ड-माधव निकट कानुन व्यवसायीले सम्पूर्ण तयारी गरिसकेका छन्। विहान ११ बजे शीर्ष नेतासहित रिट दर्ता गर्न नेताहरु सर्वोच्च पुग्ने बताइएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले पुस ५ गते संसद विघटन गरेको केही बेरमै राष्ट्रपति विद्यादेवी भण्डारीले यसलाई सदर गरेकी थिइन्।

    राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेकोविरुद्धमा सर्वोच्च अदालतमा ११ वटा रिट यसअघि नै दर्ता भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार