काठमाडौं, ४ बैशाख ।
देश महामारी ब्याप्त छ, स्वास्थ्यकर्मी ज्यान जोखिममा पारेर कोरोना संक्रमितको उपचार गरिरहेका छन् । यो बेला स्वास्थ्यकर्मीको मनोबल बढाउने काम गर्नुपर्छ । हौसला दिनुपर्छ । तर ड्युटीमा खटिएका प्रहरीले अस्पतालबाट ड्युटी सकी हातमा एप्रोन बोकेर गइरहेका चिकित्सकलाई हौसला दिनुपर्नेमा निर्घात कुटपिट गरेर बहादुरी देखाउँदा विवाद निम्तिएको छ ।
महानगरीय प्रहरी बृत्त महाराजगंजका प्रहरीले शिक्षण अस्पतालका तीन चिकित्सकमाथि कुटपिट गरेपछि त्यसको मारमा डीएसपी उमेश लम्साल परेका छन् । चिकित्सकमाथि कुटपिट भएपछि प्रहरीलाई कारबाही गर्न दबाब पर्यो । मातहतका प्रहरीको गल्तीमा डीएसपी लम्साल महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीमा तानिएका छन् । तर उनलाई तानेरमात्र होइन, चिकित्सक कुट्ने प्रहरीमाथि विभागीय कारबाही नै गर्नुपर्ने माग जनस्तरबाटै हुन थालेको छ ।
.jpg\")
प्रहरी हाकिमले चिकित्सकलाई यसरी निर्घात कुटेका थिए
डीएसपी त तानिएका छन् । तर चिकित्सक कुट्ने प्रहरीलाई ग्रेड रोक्का र नसिहत नै दिनुपर्ने आवाज सामाजिक संजालमा उठेको छ ।