Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अलग–अलग केन्द्रीय कमिटी वैठक आह्वान भएकै दिन प्रचण्ड पुगे वादल निवास


    मंगलबार, पुष ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आज ओली र प्रचण्ड–नेपाल पक्षको आज छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बस्दैछ । अलग–अलग केन्द्रीय कमिटी वैठक आह्वान भएकै दिन नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न पुल्चोक पुगेका छन् ।

    नेकपा औपचारिक रुपमा विभाजनको संघारमा उभिएका बेला नेता थापा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग र कार्यकारी अध्यक्ष प्रचण्ड कतैतिर पनि खुलेका छैनन् । हिजो पनि प्रचण्डले पुल्चोक पुगेर बादलसँग कुराकानी गरेका थिए ।
    गृहमन्त्री बादल सोमबार बेलुका बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग एक घण्टा छलफल गरेका थिए । संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम गलत भएको बताए पनि थापा सोमबार दुवै अध्यक्षले राखेका कुनै भेलामा सहभागी भएनन् ।

    यसैबीच हिजो गृहमन्त्री थापाले आफू निकट नेताहरुसँग पनि नेकपाको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका थिए । छलफलमा सबैजसो नेताहरुले ओलीको संसद विघटनको निर्णय असंवैधानिक भएको भन्दै यस्तो कदममा साथ नदिन सुझाव दिएका थिए ।

    आफू निकट नेताहरुको सुझावपछि गृहमन्त्री बादलले अब बीचमा बसिरहने समय सकिएको भन्दै चाँडै नै किता क्लियर गर्ने बताएका थिए । प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज  दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक बोलाएका छन् भने प्रधानमन्त्री ओली पक्षीय नेताहरु अहिले बिहान ९ बजे केन्द्रीय कमिटी बैठक राख्दै छन् । आजको समानन्तर केन्द्रीय कमिटी वैठकले एकले अर्कोलाई कारबाही गर्ने तयारी भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार