Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीपक्षीय नेकपाको केन्द्रीय कमिटी बैठक बस्दै, माधव नेपाल र प्रचण्डमाथि कारबाही गर्ने तयारी


    मंगलबार, पुष ७ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विभाजन औपचारिक रुपमै आज हुने भएको छ । अहिले ९ बजे प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् । ओलीले आजको केन्द्रीय कमिटी बैठकबाट नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई कारबाही गर्ने तयारी गरेका छन् ।

    उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनमा संलग्न नहुने र दुवै गुटमा नजाने भनेर च्याँखे थापेका छन् । गौतमलाई आफूतिर तान्नकै लागि आज उनलाई ओलीले कारबाही गर्ने संभावना कम छ ।

    उता , अर्का अध्यक्ष प्रचण्डले कार्की बैंक्वेटमा १ बजे केन्दीय कमिटी बैठक बोलाएका छन् । आजको बैठक निर्धारित भएकाले स्थायी समितिको बैठकले तय गरेका बिषयमा छलफल हुने बताइएको छ । नेकपाले हिजै अध्यक्ष ओलीलाई कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई दिइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत सांसद आफूबिरुद्ध भएकै अवस्थामा संसद विघटन सिफारिस गरेको र राष्ट्रपतिले संसद भंग गरेपछि नेकपा विभाजनउन्मुख भएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार