Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेडिकल सामान ल्याउन वाइडबडी चीन जाने


    बिहिबार, बैशाख ४ २०७७
    800
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ४ बैशाख । मेडिकल सामान ल्याउन  नेपाल एयरलाइन्सका दुई वटै वाइडबडी जहाज आज चीन जाँदैछन् । बिहीबार साँझ दुबै जहाजले चीनको ग्वाङझाउका लागि उडान गर्न लागेको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएका छन् ।

    चीनबाट मेडिकल सामान ल्याउन निजी कमपनीले चार्टर्ड गरी नेपाल एयरलाइन्सका जहाज लैजान लागेका हुन् । खड्काले फ्लास फ्रेटले एउटा र सांग्रिला फ्रेटबाट अर्को जहाज चार्टड भएको  बताए।

    पौने ७ बजे उड्ने यी जहाज शुक्रबार बिहान काठमाडौं र्फकनेछन् । यससँगै चीनको ग्वाङझाउमा नेपाल एयरलाइन्सको यो चौथो चार्टर्ड उडान हुनेछ ।

    सबै उडान मेडिकल सामग्रीको आपूर्तिका लागि भएको हो । कोरोना संक्रमण तथा रोकथामका लागि पछिल्लो समय निजी क्षेत्रबाट धमाधम मेडिकल सामग्री आयात भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार