काठमाडाैं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलाएको बाहेक अरुले बोलाएको पार्टीका बैठक आधिकारिक नहुने बताएका छन् ।
अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्यसँगको परामर्श बैठकमा आफूले बाहेक अरूले बोलाएको बैठक आधिकारिक नहुने बताएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीको विधानअनुसार पहिलो वरियताको अध्यक्षका हैसियतले आफ्नो सहमतिविनाको बैठक र निर्णयको कुनै अर्थ नहुने अध्यक्ष ओलीले बताउनुभएको जानकारी दिए ।
सल्लाहकार थापाका अनुसार अध्यक्ष ओलीमाथि पार्टीले अनुशासनको कारवाही गर्ने भन्ने निर्णय भनिएको विषयलाई औपचारिकता नमान्न सञ्चारमाध्यमलाई पनि ओलीले आग्रह गरेका थिए ।
अध्यक्ष ओलीले यही पुस ७ गते बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी केन्द्रीय कमिटीको बैठक बालाएका छन् । यस्तै नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि मङ्गलबार नै दिउँसाे १ बजे केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् । रासस
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend