Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हैटौँडामा आइसोलेसनमा बस्नेको संख्या ११ पुग्यो


    बिहिबार, बैशाख ४ २०७७
    800
    Shares
  • २ मिनेट पाठ
  • हेटौंडा, ४ बैशाख ।  हेटौंडामा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमणको शंकास्पद व्यक्ति आइसोलेसनमा राखिएका छन् ।हेटौंडा उपमहानगरपालिका–४ कर्राको श्रमिक माविमा रहेको कोरोना आइसोलेसन वार्डमा ११ जना भर्ना भएका हुन् । 

    भर्ना हुनेमा मकवानपुरको वागमती गाउँपालिकाका एकजना, भीमफेदी गाउँपालिकाका तीनजना, प्युठान घर भई हेटौंडा बस्ने एकजना र बाँकी हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।

    कोरोना आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौंलागाईको अनुसार हेटौंडा ५ सानोपोखराका दुई पुरुष काठमाडौंबाट आएका थिए भने प्युठान घर भएका ब्यक्ति दक्षिण कोरियाबाट फर्केकाहरु संगै बसेका थिए ।

    त्यसैगरी वागमती गाउँपालिकाका व्यक्ति पनि विदेशबाट आएकाको सम्पर्कमा बसेका, भीमफेदीका दुवैजना दक्षिण कोरियाबाट, हेटौंडा १६ का व्यक्ति पनि दक्षिण कोरियाबाट, हेटौंडा १४ का भारतबाट, हेटौंडा ३ का कतारबाट आएका ब्यक्ति हुन् ।

    हेटौंडा १८ का ब्यक्ति भने पोखराबाट आएका हुन् । उनीहरु सबैको स्वाब परिक्षणको लागि हेटौँडामा रहेको प्रयोगशाला पठाइएको चौंलागाईले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार